काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ थियो ।
त्यसैगरी चाँदी पनि १०० रूपैयाँले घटेको हो ।बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिदबीक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँ थियो


