२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रति तोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।

साथै आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार