सुनको मूल्य बढ्दा चाँदीको मूल्य ५ रुपैयाँले बढ्यो

काठमाडौं ।  सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रति तोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रति तोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।

साथै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँ तोकिएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने चाँदी प्रति तोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार