काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासम्ममा १ करोड १४ लाख ५५ हजार २३५ वटा बिमालेख बिक्री गर्दै ९४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । पुस महिनामा मात्र बीमाहरुले ३ लाख ६३ हजार ६९६ वटा बीमालेख बिक्री गर्दै १७ अर्ब ४७ करोड ४० लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्म १७ लाख ४५ हजार ९३३ वटा बीमा बिक्री गर्दै २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । दोस्रोमा नेशनल लाइफले १६ लाख ४२ हजार ३४५ वटा बीमा बिक्री गर्दै ११ अर्ब ३७ करोड ३१ लाख लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यता, ३ लघु बीमामध्ये पहिलोमा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेका छ । कम्पनीले पुस मसान्तसम्ममा १९ करोड ४८ लाख कुल बीमाशुल्क संकलन गरेको छ । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले १९ करोड ४७ लाख रुपैयाँ र लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले १५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।


