११ पढ्ने विद्यार्थीलाई काठमाडौँ महानगरले छात्रवृत्ति दिने ( सुचना सहित)

काठमाडौं ।काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई अघिल्लो बर्ष जस्तै  छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  काठमाठौँ महानगरपालिकाले शुक्रबार सुचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन माग गरेको छ  ।

अघिल्लो बर्ष काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत  कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । शिक्षा नियमावलीमा संस्थागत विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ ।  यो वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट गर्न लागेको हो ।

यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११.५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । छात्रबृतिको लागि परीक्षा आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ।

विद्यालयगत छात्रवृत्तिको कोटा विवरण र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण अर्को सुचना मार्फत  प्रकाशित गरिने महानगरपालिकाले जनाएको छ। छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षाको नतिजा प्रकाशित नभइ कलेजमा भर्ना नहुन पनि महानगरले अनुरोध गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार