काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै,चाँदी पनि २७० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजर ७१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


