सबैको लघुवित्त र साधना लघुवित्त मर्जर भई सम्पदा लघुवित्त निर्माण, कारोबारका लागि अनुमति

काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर सम्पदा लघवित्त वित्तीय संस्था निर्माण भएको छ । एक आपसमा गाभिएर वित्तीय कारोबार सञ्चालनका लागि राष्ट्र बैंकले अनुमति समेत दिइएको सबैको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकले एक आपसमा गभिए पश्चयात गत बिहीबारबाट वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो ।

सबैंको लघुवित्त संस्था बन्दिपुर गाउँपालिका वडा नम्बर १ डुम्रे, तनहुँ र साधना गोरखा वडा नम्बर ६ हरमटारी, गोरखामा रजिष्टर्ड कार्यालय रहेको छ । दुई वटा संस्थाले एक आपसमा गाभिने बारेमा राष्ट्र बैंकलाई जानकारी गराएका थिए ।

साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास प्रतिवेदन अनुरुप साधना लघुवित्तको प्रतिशेयर आम्दानी (वर्षिक) २१.२५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३४.४२ , प्रति सेयर नेटवथ १४८.०८ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ५ सय २३.०९ पैसा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार