नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं, १० औं र ११ औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हो ।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरे। अधयक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तिय उपाध्यक्षमा वुद्धि दियाली, तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित भए ।

यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाचित भए । यस्तै प्रत्येक प्रदेशवाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीवाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसवाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, वागमतिवाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीवाट हिमवहादुर विश्वकर्म र विनोदकमार विक, लुम्विनीवाट भीमसिंह विके र संजय सोनी, कणालीवाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदुरपश्चिमवाट गणेशबहादुर सुिनार र रमेश बहादुर सुनार निर्वाचित भए ।

यस्तै नगर संघवाट बिमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निवाचित हुनुभयो ।खुल्ला सदस्यतर्फ निर्वाीचत हुनेमा जीवनज्योति बिश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र बिश्वकर्मा, मनकाजी बिश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र तारा बहादुर सुनार हुनुहुन्छ । महिलातर्फवाट सिता बिश्वकर्मा र रितु बिश्वकर्मा, वस्तुगतवाट चित्र वहादुर महाल र एसोसिएटस्वाट सुजित शाक्य निर्वाचित भए । महासंघको निवर्तमान अध्यक्षमा माणिकरत्न शाक्य हुन । कार्य समितिको वाँकी सदस्यहरु तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्य समतिले चयन गर्ने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार