CLI

तेल बिक्रीमा आयल निगम गण्डकीका प्रमुखसहित ३ जना दाेषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दाससहित तीन जनालाई ५ महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो ।

अदालतले आयल निगमका गण्डकी प्रदेशका प्रमुख चित्तरञ्जन दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही ५ महिना कैद हुने ठहर गरेको छ । तीन जनालाई बिगोको आधा रकम २ करोड २४ लाख २६२ रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जनही ५६ हजार ६५ रुपैयाँ ७२ पैसा जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत भनेकाे छ ।

उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्यांकर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो ।

Leave Your Comment

Related News