CLI

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर सबैभन्दा अगाडि

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा रुपन्देहीको बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ । सुनसरीको इटहरी उपनगरपालिका भने सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको हो ।

आयोगको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार ६४.४४ अंकसहित बुटवल सबैभन्दा अगाडि रहेको हो । दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१.५३ अंकसहित दोस्रो र घोराही उपमहानगरपालिकाले ६१.०८ अंक पाएको तथ्यांक पाएको छ ।

सुनसरीको धरान उपमहागरपालिकाले ४९.७६ अंक पाएको देखिन्छ । सबैभन्दा कमजोर इटहरी उपनगरपालिका रहेकाे छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

Leave Your Comment

Related News