RE
Global College

उज्यालो नेपालको निर्वाचन प्रतिबद्धता : १० प्रतिशत वृद्धि सहित जीडीपीको आकार १११ अर्ब डलर पुर्याउने

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो नीति तथा प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीले सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई केन्द्रमा राखेर योजना तयार पारेको छ। सार्वजनिक सेवामा पहुँच सहज बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, प्रशासनलाई डिजिटल र नागरिकमैत्री बनाउने जस्ता मुख्य विषयहरू समावेश गरिएको छ।

आर्थिक क्षेत्रमा पार्टीले २०३० सम्म गार्हस्थ्य उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात वृद्धि गर्ने लक्ष्य प्रस्तुत गरेको छ। ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पनि विस्तृत योजना सार्वजनिक गरिएको छ।

पार्टीले गरिबी र बेरोजगारी घटाउने, डिजिटल अर्थतन्त्र प्रवद्र्धन गर्ने र प्रत्येक वर्ष कार्यान्वयन प्रगतिको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीको नारा ‘गफ होइन काम, भाषण होइन परिणाम’ अनुसार परिणाममुखी शासनमार्फत देशमा परिवर्तन ल्याउने रहेको बताइएको छ।

NECO

Leave Your Comment

Related News