सत्ता परिवर्तन गर्न कांग्रेस र एमालेबीच सहमति

काठमाडौं ।संसदका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समिकरण परिबर्तन गरी सत्ता संचालन गर्ने सहमति गरेका छन् सहमति अनुसार सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने सहमति भएको छ ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका ९ मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित १०मन्त्रालय लिने छ । दुई दलको बीचमा  संविधान संशोधन पनि गर्ने सहमति भएकाले संबिधान संशोधन गर्न दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी दुई पार्टीको बिचमा सहमति भएको छ ।

सहमतिमा कांग्रेस र एमालेले प्रदेश सरकारको पनि बाँडफाँट गरेका छन् बाँडफाँड अनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली लिने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व लिने छ  । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीले राजिनामा दिनेछन् ।

नयाँ बनेको समिकरणको बारेमा छलफल गर्न देउबाले ९ बजेलाई पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार