काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन प्रतितोला ३ लाख ४ हजार ७ रुपैयाँ नै थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५ हजार ६० रुपैयाँ थियो ।


