RE
Global College

राष्ट्रिय धान दिवसको अवसरमा रोयल इनफिल्ड वीरगन्जदेखि ठोरीसम्मको राइड सम्पन्न

काठमाडौं । बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता, नोभस ब्रदर्स प्रालिले ‘रोपाई राइड’ सफलतापूर्वक सम्पन्न गरेका छन्। यो विशेष कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा २०८१ असार १५ गते, शनिबार बिहान ७ः३० बजे वीरगन्जस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो।

यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए। यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायीकता प्रवर्दन गर्ने टेवा पुगोस र कृषिमा आधुनिकरण रहोस भनि जागरण गर्नु थियो। ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरुले रोमान्चक अनुभव संगाले।

नोभस ब्र्दर्स प्रालिका प्रबन्ध निर्देशक अनुप अग्रवालले यस अवसरमा सहभागी भएका सबै बाइक प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रालिका नेशनल कार्ट हेड दिपेश श्रेष्ठले सेफ राइडिङग र रोड क्याप्टेनका भुमिका निर्वाह गरे।

NECO

Leave Your Comment

Related News