काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ । यस दिन सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ ३ लाख १४ हजार ८ सय रुपैयाँ नै थियो । यता, चाँदीको भाउ भने तोलामा १३० रुपैयाँले बढेर ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।



