RE
Global College

जंगली बँदेल पुन: कृषि हानिकारक वन्यजन्तुको सूचीमा

काठमाडौं । सरकारले जंगली बँदेललाई एक वर्षका लागि फेरी कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गरेको छ ।

बँदेलले कृषि बालीमा हानिनोक्सानी पुर्‍याएको भन्दै मन्त्रालयले यसअघि पनि हानिकारक वन्यजन्तुमा सूचीकृत गरेको थियो । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना जारी गर्दै पुनः हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।

यो घोषणासँगै अब खेतबारीबाट लखेट्दा बँदेललाई नियन्त्रण गर्न र मारेमा कानुनी कारबाही हुनेछैन । मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी हानिकारक वन्यजन्तु घोषणा गरेको उल्लेख गरेको छ ।

नेपाल राज्यभित्रका निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेललाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ ।

राजपत्रमा भनिएको छ, ‘त्यस्ता जंगली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पुऱ्याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले देहायको सर्तको अधीनमा रही बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने ।’

NECO

Leave Your Comment

Related News