CLI

अरुण नदीको बेलिब्रिज भाँचियो

सङ्खवासभा । मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो। शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। हेभी सवारी साधन तार्ने क्रममा पुल गाडी सहित भाँचिएको हो।

बेलिब्रिज भाँचिदा नुम सेदुवा सडक खण्डको भित्री सडकमा प्रदेश –०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् । गम्भीर घाइते चाकलको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौं लग्ने तयारी भइरहेको छ ।

Leave Your Comment

Related News