CLI

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गरेका छन्  । फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उनले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गरे ।

“भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु हुँदैछ । शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ । हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ”, पूर्वप्रधानमन्त्री दाहालले भने ।

रङहरूको पर्व होलीले उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहने उल्लेख गर्दै संयोजक दाहालले यसपटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था नरहेको बताए । “हजारौँ प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन् । यो बेला धेरैका मन भारी छन्, विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु”, उनले भने ।

Leave Your Comment

Related News