झापा। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ। कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन्।
मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो। सोही अनुसार नै मत खसेको उनले बताए। उनले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिए।


