अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् ।
भुसाल ३५०२३ मत सहित निर्वाचित हुँदा एमालेका पीताम्बर भुसाल २२६४९ मतमा रोकिए । कांग्रेसका विष्णुप्रसाद खनालले १८९८३ मत प्राप्त गरे ।
टोपबहादुरले ०६४ देखि लगातार जितेको अर्घाखाँची रास्वपाको जित दर्ता भएको हो । अहिले जितेका हरि भुसाल ०७९ मा रास्वपाबाटै उम्मेदवार थिए ।
जिल्ला निर्वाचन कार्यालयले मत परिणाम सार्वजनिक भएसँगै अर्घाखाँची-१ मा भुसाल विजयी भएको औपचारिक घोषणा गरेको छ ।


