CLI

१२४ स्थानमा जित हात पार्दै रास्वपा पहिलो स्थानामा, समानूपातिकतर्फ भने ४० लाख नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । सोमबार १० : ४५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १२४ स्थानमा जित र १ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एमाले ) ले ८ स्थानमा विजयी हुँदा १ स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

आयोगका अनुसार रास्वपाले ४० लाख २५६ हजार ६१ , नेपाली कांग्रेसले १३ लाख ५४ हजार ४२२ , एमालेले ११ लाख ४६ हजार ६१३ र नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ८९ हजार ६८९ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले २ लाख ९० हजार ४९० र राप्रपाले २ लाख ७५ हजार ७२७ र जसपाले १ लाख २५ हजार ३१६ मत प्राप्त गरेको छ ।

Leave Your Comment

Related News