काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान १०: ३७ सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५२ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले)ले १४ लाख ११ हजार ४२९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले १ लाख ७१ हजार ३४१, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार ४४४ र जनमत पार्टीले ७६ हजार ४४७ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।


