CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ३१० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News