मुला,गोलभेँडा,बन्दा र काउलीको मुल्य बढ्दा च्याउको घट्यो

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको  छ  । हिजो प्रति केजी औसत मुल्य७६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९५  रहेको छ जुन हिजोको मुल्यमा २३.९ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य ४० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५५ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ६५ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा २७.४५ प्रतिसत बढी हो

आलु रातोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६२.६० रुपैँयामा कारोबार भएको आलु रातो आज ६२.३३ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.८८ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य थोरै बढेको छ हिजो प्रति केजी ५६.५० रुपैँयामा कारोबार भएको आलु रातो भारतियको मुल्य प्रति केजी औसत मुल्य ५७ रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५१.३३ रुपैँयामा कारोबार भएकोमा आज बढेर औसत मुल्य प्रति केजी  ५३ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ३.२५ प्रतिसत बढि हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ८८ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८७.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको छ  हिजो प्रति केजी ६६रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ८५ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य बढेको छ हिजो औसत मुल्य २४ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ६५ रुपैँया कायम भएको मा आज प्रति केजी९६ रुपैँया भएको छ जुन हिजोको मुल्यमा ४६.१५ प्रतिसत बढी हो ।  मुला सेति हाइब्रिडको मुल्य अथ्याधिक बढेको छ हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ७५ पुगेको छ जुन ११४.२९ प्रतिसत बढी हो ।

भण्टा लाम्चोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ३६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ५५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि बढेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५रुपैँया पुगेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँया कायम भएकोमा आज थोरै बढेत ६५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा २०.३७ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ९० रुपैँयामा कारोबार भएकोमा आज बढेर प्रति केजी औसत मुल्य प्रति केजी ११० रहेको छ घिउ सिमि राजमाको मुल्य बढेको  छ ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी ५६ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ९० पुगेको छ जुन हिजोको तुलनामा ६९.६४  प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य बढेको छ हिजो १६४ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको  घटेको छ हिजो प्रतिकेजी ३००  मुल्य रहेकोमा आज २८६.६७ पुगेको छ जुन हिजोको मुल्यमा बराबर हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य २१२.५० कायम भएकोमा आज बढेर २१६.६७ कायम भएको छ जुन हिजोको तुलनामा १.९६ प्रतिसत बढी हो ।

 

आँप मालदहको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ८६.६७ रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुलय ७५ रहेको छ । आँप दसहरीको मुल्य यथावत छ  हिजो औसत मुल्य ८५ कायम भएकोमा आज बढेर औसत मुल्य ८५ प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २२५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २२६.६७ रहेको छ जुन हिजोको मुल्यमा ०.७४ प्रतिसत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार