नवलपुर । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ ।
पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो । तर पानीको सतह भने बढ्दै गएको छ । बिहान ७ बजे पानीको बहाव ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भूआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिएका छन् ।
नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने गर्छ ।