CLI

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता पुर्णपाठ सहित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ । प्रस्तावित विधेयकमा डिजिटल मुद्रादेखि बैंकका सञ्चालकहरुको योग्यताका विषयमा नयाँ व्यवस्था प्रस्ताब गरिएको छ ।

प्रस्ताबित विधेयकमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने ब्यबस्था गरिएको छ। त्यस्तै स्नातक उपाधि हासिल गरी स्वदेशी तथा विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव पनि विधेयकमा गरिएको छ।

तर, घ वर्गका वित्तीय संस्थाको हकमा भने स्नातक उपाधिक हासिल गरी स्वदेशी तथा विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति सञ्चालक हुन बाधा नपुग्ने व्यवस्था गरिएको छ।

bkbf7hfzf29odije

Leave Your Comment

Related News