CLI

समस्या देखिए सँगै आ–आफनै प्रणालीबाट एक्जिम कोड लिन र नविकरण गर्न आग्रह

काठमाडौं ।  भन्सार विभागले एक्जिम कोड नविकरण गर्दा प्राविधिक समस्या आएको बताएको छ । एक्जिम कोड नविकरणमा समस्या भए सँगै नयाँ र पुराना ग्राहकहरुले एक्जिम कोड नविकरण गर्दा फरक तरिकाले गर्न आग्रह गरेको छ ।
विभागले पुरानो एक्जिम प्रणालीबाट (http://110.34.28.82:8484) जारी भएका एक्जिम कोडहरूको पुरानै प्रणालीबाट नवीकरण गर्ने र नयाँ प्रणालीबाट (https://nnsw.gov.np
जारी भएका एक्जिम कोडहरू नयाँ एक्जिम प्रणालीबाटै नवीकरण गर्ने गराउने व्यवस्था गरिएको हुदाँ सोही बमोजिम मात्र अनलाईन एक्जिम नवीकरण निवेदन पेस गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । साथै नयाँ एक्जिम कोड लिनको लागि भने नयाँ प्रणालीबाट नै निवेदन पेस गर्न समेत आग्रह गरेको छ ।

विभागले निकासी वा पैठारी सङ्केत नम्बर प्रदान गर्ने कार्यविधि, २०७९ ले गरेको व्यवस्था बमोजिमका कागजात सहित नजिकको भन्सार कार्यालयमा निवेदन दिई नयाँ एक्जिम कोड लिन तथा नवीकरण गर्न आग्रह गरेको हो ।

Leave Your Comment

Related News