थोरै घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन सबैभन्दा  उच्च रहेको सुनको मूल्य आज दोस्रोदिन घटेको छ   । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेर प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँको पुगेको थियो  । आज छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेर मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैयाँ रहेको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार