CLI

वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर

काठमाडौं ।  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा आयोजना भइरहेको वाडा अटो शो २०२६मा सहभागिता जनाउँदै विशेष अफरको घोषणा गरेको छ। मार्च २५ देखि २९ (चैत ११–१५) सम्म तालबाराही चौरमा चल्ने अटो शोको स्टल ए१२मा बीवाईडीका आकर्षक मोडलहरू प्रदर्शन गरिएको छ।

बीवाईडी एट्टो १ – सहरका लागि डिजाइन गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी, बीवाईडी एट्टो २ – दैनिक प्रयोगका लागि भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी, बीवाईडी एट्टो ३ – नेपालकै नम्बर १ प्रिमियम इलेक्ट्रिक एसयूभी रहेको छन् ।

विशेष अफरहरूमा ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्षको फ्रि इन्स्योरेन्स,१ वर्षको सडक दस्तुर छुट,आकर्षक नगद छुट, फ्रि एसेसरिज र  कम्प्लिमेन्ट्री होम चार्जर रहेका छन् ।

बीवाईडीका सबै गाडीहरू कम्पनीकै ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३।०ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझ मजबुत बनाएको छ।

साइमेक्स इंकका प्रतिनिधिले भने, “काठमाडौं बाहिरका ग्राहकहरुसँग जोडिन र बीवाईडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउन वाडा अटो शो उत्कृष्ट प्लेटफर्म हो। हाम्रो विशेष अफरले ईभी स्वामित्वलाई सहज र फलदायी बनाउने लक्ष्य लिएका छौं।”

Leave Your Comment

Related News