पेट्रोलियम पदार्थ र सुनको मूल्य बढ्यो

काठमाडौं । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा २०८० जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७५.७५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८१ जेठ मसान्तमा ७६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८१.४९ पुगेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै कच्चा पेट्रोलियम एवम् सुनको मूल्य बढेको बताएको हो ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० जेठ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १ हजार ९५२.३५ रहेकोमा २०८१ जेठ मसान्तमा १९. ४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २ हजार ३३०. ४५ पुगेको छ । नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ भने सुनको मूल्य भने घटबढ भएको पाइन्छ ।

रसिया र युक्रेन र इजरायल र हमास बीचको युद्धका कारण अन्तराष्ट्रिय बजार प्रभावित हुन पुग्दा पेट्रोलियम पदार्थ र सुनको मूल्य बढेको अर्थविद्हरुको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार