दुर्घटनामा परी गम्भीर घाइते चन्द्रबिरको उपचारमा सहयोगको अपिल !

काठमाडौं । काठमाडौं । ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका ९ का चन्द्रबिर शाहीका परिवारले चन्द्रबिरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । चन्द्रबिर शाहीको उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो ।

काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत चन्द्रबिरको थप उपचारको लागि आर्थिक सहयोग आवश्यक परेको उनका दाजु कुसुम शाहीले बताए । चन्द्रबिरको उपचारमा लाखौं रकम लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सक्दो सहयोग गरिदिन दाजु कुसुम शाहीले आग्रह गरे ।

चन्द्रबिर वि.सं २०८० फागुन १ गते ट्रयाक्टर दुर्घटनामा घाइते भएका हुन् । ट्रयाक्टरको दुर्घटना बीमा नगरेको र ट्रयाक्टर साहुको पनि दुर्घटनामा परी मृत्यु भएकाले ट्रयाक्टर साहुबाट राहत माग्ने आधार नरहेको कुसुम शाहीले बताए ।

‘ट्रयाक्टरको बीमा नभएको र साहुको पनि दुर्घटना घटनास्थलमै मृत्यु हुन पुग्यो, परिवारमा ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टर साहुको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न नसक्ने अवस्था छैन,’ उनले भने ।

चन्द्रबिरकोको उपचारको सहयोगका लागि कुसुम शाहीको नाममा लक्ष्मी सनराइज बैंकमा रहेको बैंक खाता नम्बर ०७१२०००६९१४ मा आर्थिक सहयोग गर्न सकिनेछ । मोबाइल नम्बर ९८६९१३५१२९ मा सम्पर्क गर्न सकिने र सोही मोबाइल नम्बरमा रहेको ईसेवा आईडीमा पनि रकम पठाउन सकिनेछ ।

घाईतेको परिवारले पठाएको सामाग्री
परिवारमा यस्तो बज्रपत कसैलाई नपरोस
सहयोगका लागि अपिल
रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा न ९ मा केही दिन अघि भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा समस्या भएकोले सहयोगको लागि अनुरोध । दुर्घटना भएको ट्रयाक्टरको बिमा नभएको , ट्याक्टर साहुको उक्त दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको । परिवारमा ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टरको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न नसक्ने अबस्था रहेछ । घाइतेको परिवारको अवस्था पनि नाजुक छ । एउटा छोराको ४ बर्ष अघि क्यान्सरका कारण मृत्यु भएको, अर्को छोरा रामेछपको सदरमुकाम मन्थली मा ट्र्याक्टर दुर्घटना हुदा टाउकोमा चोट लागि उपचार पश्चात् बाचे पनि सुस्त मनस्थिति र आमा यसै पाली लडेर ढाड (कउबष्लब िष्लवगचथ )भाचिदा भएको जग्गा बेचेर र सहारा बचत मन्थलीबाट ऋण लिएर १० लाख खर्च गरि ४ महिना अघि मात्र उपचार पस्चात घर ल्याएको रअहिले घरको एक मात्र आय आर्जन गर्ने कान्छो छोरा पनि ट्याक्टर दुर्घटनामा परि ट्रमा सेन्टर काठमाडौंमा उपचाररत रहेको जानकारी गराउदछौँ ,उपचार लामो समय जाने भयकोले तपाईंको सानो सहयोगले घाइतेको उपचारमा ठुलो मद्दत हुने हुदा लक्ष्मि सनराइज बैकको तल कमेन्ट बक्समा रहेको त्तच् स्क्यान गरी आर्थिक सहयोग गरि दिनु हुन अनुरोध छ । पहिले पनि तपाईहरु केहिले सहयोग गरि उहाँलाई यहाँ सम्म ल्याउन मदत गर्नु भएको छ फेरि पनि तपाईहरुबाट सहयोग गर्नुहुन्छ भन्ने आशा राखेका छौँ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार