कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

त्यसका लागि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा आवेदन दिनुपर्ने छ ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार