काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावस जीर्ण बन्दै गएको छ । नेपाली दूतावसाको जमिनमूनि भूमिगत मेट्रो रेल लाइन भएकोले मेट्रोको भाइब्रेसनले गर्दा दूतावास जोखिममा रहेको बताइएको छ । मेट्रोको भाइब्रेसलने हुने जोखिम विश्लेषण गरी उक्त भवनको उपयोगमा दिगोपन ल्याउनु पर्ने बताइएको छ ।
मेट्रोरेलेको भाइब्रेसनका कारण कर्यालय भवनको बीम तथा पर्खाल चर्किएको, पानी रसाउने तथा ढलान फुट्न थालेको कारण भवन जीर्ण हुँदै गएको छ महालेखा पक्षिककको कार्यालयले आफनो ६१ औं प्रतिवेदनमा उल्लेख गरेको छ । नेपादली राजदूतवास नयाँ दिल्लो आर्थिक वर्ष २०७९÷८० मा दूतवास परिसरभित्रका विभिन्न संरचनाहरुको नियमित तथा स–साना आकिस्मक मर्मत सम्भारको लागि ४६ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै साउदी अरेबियामा राजदूतवास निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन ।
नेपाली राजदूतावास रियादको राजदूतावास भवन र राजदूत निवास निर्माणका लागि रियादको कूटनीतिक आवास क्षेत्रभित्र २०७८ कार्तिकमा साउदी रियाल १ करोड ६४ लाख ८८ हजार रुपैयाँमा ३ हजार ६६४ वर्गमिटर जग्गा खरिद गरिएको थियो । खरिद सम्झौतामा ५ वर्षभित्र भवन निर्माण गरिसक्नुपर्ने प्रावधान रहेकोमा भवन निर्माणको पूर्व तयारी र लागत अनुमान तयारीलगायतका कार्यसमेत हुन नसकेको महालेखाले जनाएको छ । उसले अतः सम्झौता अवधिमा भवन निर्माण कार्य सम्पन्न गर्न ध्यान दिन आग्रह गरेको छ तर नेपाली नियोग भने त्यसलाई वेवास्ता गर्दै आएको पाइन्छ । नेपाली दूतवासले आफनो भवन निर्माणमा पहल नगर्नुको विषय भने सार्वजनिक गरिएको छैन ।
राजदूतवासहरुको क्रममा बेइजिङ स्थित नेपाली राजदूतावासमा पनि समस्या देखिएको छ । बेइजिङले नेपाली राजदूतावासले सन् १९८४ मा ५ हजार २५० वर्गमिटर जग्गा ९० वर्षको लागि चीनिया युआन ५२ लाख ५० हजारको नवीकरणीय लिजमा भवनसहित खरिद गरेको छ। हाल उक्त जग्गामा नियोगको चान्सरी र राजदूत निवास रहेको देखिन्छ । नियोगको चान्सरी र राजदूत निवास भवन पुनः निर्माणका लागि २०७६ । ७७ र २०७७ । ७८ मा बजेट विनियोजन भए तापनि भवन निर्माण कार्य सुरु गरिएको छैन । गुरुयोजनाअनुरूप भवन निर्माणका लागि प्रारम्भिक डिजाइन र विस्तृत डिजाइन तयार गरी भवन निर्माण कार्य सुरु गर्नुपर्ने महालेखाले जनाएको छ । यसरी बजेट विनियोजन हुदाँ पनि विदेशीस्थित नेपाली नियोग अर्थात् नियोगका पदाधिकारीहरुले आफूमातहतका काम गरेको पाइदैन ।