कुरीलो,कागती,च्याउ लगायत अधिकांस तरकारीको मुल्य बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको रहेको  छ । हिजो प्रति केजी औसत मुल्य ११५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १२० रहेको छ जुन हिजोको मुल्यमा ४.३५ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आजघटेको छ हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ४३ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ५० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ९.०९ प्रतिसत कम हो

आलु रातोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५६.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा २४.२७ प्रतिसत बढी हो आलु रातो भारतीयको मुल्य बढेको छ हिजो प्रति केजी ५४ रुपैँयामा कारोबार भएको आलु रातो भारतियको मुल्य प्रति केजी औसत मुल्य ५९.३३रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ४९ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ४.७६  प्रतिसत बढी  हो । प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य ९२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज वढेर औसत मुल्य ९३.८० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको छ  हिजो प्रति केजी ९५रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९६ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य बढेको छ हिजो औसत मुल्य २७.६७ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ४५ रुपैँया कायम भएको मा आज प्रति केजी ५६ रुपैँया भएको छ जुन हिजोको मुल्यमा २४.४४ प्रतिसत बढी हो । काउली ज्यापुको मुल्य यथावत रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँयामा कारोबार भएकोमा आज यथावत रही ७५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ० प्रतिसतको घटबढ  हो ।

मुला सेतो लोकल मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य २५ पुगेको छ जुन ९.६५ प्रतिसत  बढी हो ।

भण्टा लाम्चोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य७५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ८६ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ९५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य८६.६७ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य १२५ रुपैँया कायम भएकोमा आज घटेर ११० रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १.६७ प्रतिसत कम हो घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य २१० रुपैँयामा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुल्य प्रति केजी १४६ रहेको छ । घिउ सिमि राजमा  मुल्यघटेको  छ ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी ७५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ८६ पुगेको छ जुन हिजोको तुलनामा १४.४७  प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो २२६.६७ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु २१८ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको  बढेको छ हिजो प्रतिकेजी ४२६.६७  मुल्य रहेकोमा आज ४३२ पुगेको छ जुन हिजोको मुल्यमा १.२५ प्रतिशत बढी हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य २५६.६७ कायम भएकोमा आज बढेर २६४ कायम भएको छ जुन हिजोको तुलनामा २.८६ प्रतिसत बढी हो ।

आँप मालदहको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रहेकोमा आज अलिकति बढेर प्रति केजी औसत मुलय १२६.६७ रहेको छ । आँप दसहरीको मुल्य बढेको छ ।  हिजो औसत मुल्य ११० कायम भएकोमा आज बढेर औसत मुल्य १२६.६७ प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २७६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २७५ रहेको छ जुन हिजोको मुल्यमा ०.६० प्रतिसत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार