RE
Global College

हुन्डाई फेस्टिभ डिलाइट २०८०” अफरको विजेता घोषित

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट २०८०” अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्स्टर जित्ने मौका थियो ।

“हुन्डाई फेस्टिभ डिलाइट २०८०” अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

“हुन्डाई फेस्टिभ डिलाइट २०८०” अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाइ बिर्तामोड का ग्राहक’ ले हुन्डाई एक्स्टर जितेका छन् ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने “हुन्डाई फेस्टिभ डिलाइट २०८०” योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न प्रदान गर्ने लक्ष्य लिएको थियो ।

NECO

Leave Your Comment

Related News