RE
Global College

मिर्मिरे माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रदका लागि भयो मूल्य समायोजन


इक्विटी नेपाल – काठमाडौँ :

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले जारी गर्न लागेको शत प्रतिशत हकप्रद शेयरका लागि आज नेप्सेमा  मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ७ सय ९५ रुपैयाँ तोकेको छ । माइक्रोफाइनान्सले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । यसको लागि कम्पनीले जेठ १८ गते (शुक्रबार) बुक क्लोज तय गरेको थियो ।

कम्पनीले केहि समय अघि ३० दशमलव ८० प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन गरेकोले अहिले शतप्रतिशत हकप्रद शेयरको मूल्य समायोजन गर्दा उक्त बोनस बापतको ३० दशमलव ८० प्रतिशत मूल्यलाई पहिले समायोजन गरि सकेपछि मात्र अहिलेको हकप्रदलाई मूल्य समायोजन नेप्सेले जनाएको छ। 

 चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले २ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रति शेयर आम्दानी ६२.८६ र प्रति शेयर नेटवर्थ २ सय ११ दशमलव २८ रहेको।
प्रकशित मिति : २०७५ जेष्ठ २० गते १७:२२ 
NECO

Leave Your Comment

Related News