सुनको मूल्य दैनिक नयाँ रेकर्ड कायम गर्दै

काठमाडौं ।  सुनको मूल्यले बुधबार सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । आज चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार