काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा सफिङ गर्दा २ जनाले विद्युतिय गाडि जितेका छन् । दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्ने २ जनाले टाटाको पन्च ईभी जितेका हुन् । भाटभटेनीले चाडपर्वको अवसरमा किनमेल गर्दा लक्की ड्र मार्फत २ जनालाई पन्च ईभी वितरण गर्ने घोषणा गरेको थियो ।
असोज १ गतेदेखि चैत मसान्तसम्म सफिङ गर्ने ग्राहकहरुबीच लक्की ड्र गर्दा कलंकीकी रोशनी सिंह र पाटनकी समिता प्रधानले सो गाडी जितेका हुन् । भाटभटेनीले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा ‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ’ भन्ने नारासहित स्किम ल्याएकाे थियाे ।


