दुई हजारले घट्यो सुनको भाउ

काठमाडौं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुन प्रति तोला २ हजार रुपैयाँले घटेर १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

साथै, चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार