बीआरआई नयाँ सभ्यताको लडाइ होः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले चिनियाँ सरकारले साझा भविस्यका लागि विश्वव्यापी सहकार्यको उद्देश्य सहित अघि सारेको वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) नयाँ सभ्यताको लडाइ भएको दाबी गरेका छन् । नेकपा अन्तर्राष्ट्रिय विभागद्वारा आज काठमाडौमा आयोजित ञबीआरआई वास्तविकता र भ्रम विषयकझ अन्तक्रियालाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो दाबी गरेका हुन् ।

नेपाल भुराजनीति हिसाबले निकै संवेदनशील र चुनौतीपूर्ण ढङ्गले गुज्री रहेको समयमा बीआरआइको पक्षमा खुलेर प्रशंसा गर्दै महासचिव विप्लवले बीआरआई नयाँ भविष्य, साझा उदेश्य र सहकार्यसहित एकाधिकार पुँजीवादले उत्पन्न गरेका अर्थराजनीतिक संकट एवम् क्रुरताको विकल्पमा अघि सारिएको नयाँ सभ्यता भएको बताए।

‘बीआरआई नयाँ सभ्यताको लडाइ हो, बिकास केवल सैन्य शक्तिको बलमा अरुको साधनश्रोत तथा श्रममाथि कब्जा जमाएर भौतिक ढङ्गले मात्रै हुन्छ भन्ने पश्चिमी मोडेल मात्रै होइन रहेछ भन्ने कुरा बीआरआईले पुष्टि गर्न खोजेको देखिन्छ,’ महासचिव विप्लवले मन्तव्यको क्रममा भने, ‘यद्यपि चिनियाँहरुले बीआरआइबारे भएका आलोचनाहरु पनि उहाँहरुले सुन्नुपर्छ ,केही कमजोरी छन् भने पनि सच्याउदै अघि बढ्न तयार हुनुपर्छ ।’

रास्ट्रपति सी जिनफिङले सन् २०१३बाट महत्वाकांक्षी योजनाको रूपमा अघि बढाएको बीआरआईको पक्ष र विपक्षमा नेपाली जनमत समेत बिभाजित रहेको भन्दै महासचिव विप्लवले उक्त परियोजनाको बिरोध गर्नेहरूले बीआरआई नेपालका लागि ऋणको पासो हुने, चिनियाँहरुको हस्तक्षेप बढेर देशको सार्वभौमसत्ता कमजोर हुने र उनीहरुले ब्याजमा दिने भनिएको सफ्ट ऋणबाट देश उम्किनै नसक्ने गरि फस्ने खतरा रहेको भनेर भ्रम चिर्ने प्रयास गरे।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार