CLI

उद्योग वाणिज्य महासंघ पदाधिकारी चयनका लागि मतदानमा सहभागीहरु (फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मतदानको काम चलिरहेको छ ।
मंगलबार बिहान देखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको निर्वाचन प्रक्रियामा उद्योगी तथा व्यवसायीहरुले सहभागीता जनाएका छन् ।

महासंघको ६० औं वार्षिक साधारणसभाको उद्घाटन आइतबार भएको हो । मंगलबार महासंघका उपाध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन हुँदैछ ।
हेमराज ढकाल र शिवप्रसाद घिमिरे प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।

महासंघका अनुसार मत गणना सकिएपछि बुधबारसम्ममा अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

Leave Your Comment

Related News