सेनाको फ्युल स्टेसन तथा परिवार आवास गृह उद्घाटन

काठमाडौं । नेपाली सेनाले काठमाडौंमा नयाँ फ्युल स्टेसन सञ्चालनमा ल्याएो छ। सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका वडा नम्बर १३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन आज साउन ४ गते प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे।

आजै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत उद्घाटन गरे ।

५० हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् । नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्य सहित उक्त फ्युल स्टेसनहरू सञ्चालनमा रहेका छन् ।

उद्घाटन समारोहहरूमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका पदाधिकारीहरू, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार