विदेशी मुद्राको विनिमय दर बढ्दो क्रममा

काठमाडौं । पछिल्लोअ समय नेपाली मूल्यमा विदेशी मुद्रा विशेष गरी अमेरिकी डलरको सटही मूल्य बढ्दो रहेको छ । पछिल्लो सातामा विदेशी मुद्राहरूको विनिमय दर १ देखि साढे २ रुपैयाँसम्म बढीरहेको छ । असार २७ गतेदेखि सामान्य बढ्न थालेको विनिमय दर एक सातामा साढे २ रुपैयाँसम्म वृद्धि भएको हो ।

गत असार २७मा अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा रहँदा बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको थियो । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा रहँदा बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा हुँदा भने बिक्री दर १७१ रुपैयाँ ५७ पैसा रहेको थियो । त्यस्तै, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको थियो ।

आज साउन ४ गते अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७४ रुपैयाँ १५ पैसा रहेको छ । आज कुवेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ४३९ रुपैयाँ रहेको छ । बिहीबार दिनारको मूल्य ४३६ रुपैयाँ ८२ पैसा रहेको थियो भने बिक्री दर ४३८ रुपैयाँ ७८ पैसा रहेको थियो ।

गत आठ दिनमा अमेरिकी डलर ० दशमलव २१ अंकले बढेको छ भने यूरो १ दशमलव ६६ अंकले बढेको छ । त्यस्तै, बेलायती पाउण्ड २ दशमलव ५८ अंकले बढेको छ भने कुवेती दिनार १ दशमलव ३९ अंकले बढेको राष्ट्र बैंकले जनाएको छ । यसो हुनमा भने विश्वमा भएको युद्ध कारक रहेको अर्थविद् केशव आचार्य बताउछन् । रुस युक्रेन युद्ध र इजरायल प्लेस्टाइन युद्धका कारण तेल आयत निर्यात श्रृंखला भत्किन पुग्दा यसको असर सुनमा पर्न े हुदाँ विदेशी विनिमय समेत प्रभावित हुन पुगेको हो । अर्थतन्त्रको सबल मुलुक रुपमा रहेको अमेरिकाको व्यापार श्रृखला रुस लगायतका मुुलुकसँग सामान्य बन्न नसक्दा विदेशी विनिमय प्रभाव परेको उनको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार