काठमाडौं । रावा इनर्जीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा बढेको छ।
कम्पनीको नाफा ९१.७३ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षमा कम्पनीको नाफा २ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ३९ लाख ८३ हजार रुपैयाँ थियो।
विवरण अनुसार सञ्चालन आम्दानी र विद्युत् बिक्री बढेका कारण कम्पनीको नाफा बढेको हो। कम्पनीले सञ्चालन आम्दानी र विद्युत् बिक्रीबाट ७ करोड ७ लाख रुपैयाँ कमाएको छ। गत वर्ष कम्पनीले ६ करोड ४२ लाख ५९ हजार रुपैयाँ कमाएको थियो।
२८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ३३ लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यस कम्पनीको प्रतिसेयर आम्दानी ९.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८४.७३ रुपैयाँ रहेको छ।


