नेपालले १३८ मुलुकसँगको व्यापारमा घाटा व्यहोर्यो ,भारतसँग मात्र झण्डै ९ खर्बको व्यापार घाटा

काठमाडौं । नेपालले १७३ वटा मुलुकसँग व्यापार गर्दा १३८ वटा मुलुकसँग व्यापार घाटा व्यहोरेको छ । बाँकी ३५ वटा मुलुकसँगको व्यापारमा नाफा कमाएको छ । नेपालले सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, संयुक्त अरब इमिरेटस् (युएइ), यक्रेन, मलेसिया, अष्ट्रेलिया, अर्जेन्टिना लगायतका मुलुकसँग छ । समीक्षा अवधिमा भारतसँग ८ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ, चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ, युएइसँग २६ अर्ब ५० करोड रुपैयाँ, युक्रेनसँग १८ अर्ब ८८ करोड रुपैयाँ र मलेसियासँग १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतसँग ९ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको आयात हुदाँ निर्यात १ खर्ब ३ अर्ब १७ करोड रुपैयाँको रहेको छ । चीन सँग २ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँको आयात हुदाँ निर्यात २ अर्ब ५८ करोड रुपैयाँ छ । युएइसँग २९ अर्ब ८ करोड रुपैयाँको आयात हुदाँ २ अर्ब ५७ करोड रुपैयाँको निर्यात रहेको छ भने मलेसियासँग १७ अर्ब ९१ करोड रुपैयाँको आयात हुदाँ निर्यात २४ करोड ४ लाख रुपैयाँमा सिमित रहेको छ ।

उच्च व्यापार नाफा डेनमार्कसँग

नेपालको सबैभन्दा उच्च व्यापार नाफा डेनमार्कसँग छ । त्यसपछि अफगानिस्तान, नर्वे, स्वीडेन, मौरीटानिया, लटिभा र आइसल्याण्ड लगायतका मुलुकसँग नाफा छ । डेनमार्कसँग ४६ करोड ७५ लाख रुपैयाँ, अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ, नर्वेसँग १५ करोड ३३ लाख रुपैयाँ र स्वीडेनसँग तीन करोड २४ लाख रुपैयाँ नाफाको व्यापार छ । डेनमार्कसँग ८२ करोड २१ लाख रुपैयाँँको निर्यात हुदाँ ३५ करोड ४५ लाख रुपैयाँको आयात रहेको छ । अफगानिस्तानसँग ४९ करोड ३६ लाख रुपैयाँको निर्यात हुदाँ २ करोड ७६ लाख रुपैयाँको आयात छ । नर्वेसँग २० करोड ५० लाख रुपैयाँको निर्यात हुदाँ आयात पाँच करोड १७ लाख रुपैयाँको भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार