नेपाल पारवहनको महाप्रवन्धक पदमा १० जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडको महाप्रवन्धक पदमा १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिस्पर्धा गर्नेमा रामबाबु शाह, लोक बहादुर खड्का, कर्ण बहादुर कुँवर, कुमार अधिकारी, गोपाल घिमिरे, छत्र बहादुर कटुवाल, कुलप्रसाद राई, प्रकाश प्रसाद पोखरेल, गंगा चौलागाई र खगेन्द्र राज अवस्था रहेका छन् ।

लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्तिका लागि दरखास्त आह्वान गरेसँगै उनीहरुले आवदेन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्तालयका अनुसार प्रतिस्पर्धीहरुले बुधबार, बिहीबार र शुक्रबार व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता लिइने भएको छ । मन्त्रालयको सानो सभाहलमा बिहान ८ बजे देखि सुरु गरिने प्रस्तुतीकरण र अन्तरवार्ता ९ ः ३० बजे सकिने छ । व्यवसायिक योजना प्रस्तुतीकरणको लागि भने २० मिनेटको समय रहेको छ । महाप्रवन्धक पद रिक्त रहे सँगै मन्त्रालयले साउन ३ गते आवेदन माग गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार