१२ करोड पुग्यो एनआइसी एशिया क्यापिटलको मुनाफा

काठमाडौं । एनआइसी एशिया क्यापिटलको मुनाफा १२ करोड रुपैयाँ भन्दा बढी रहेको छ । २० करोड रुपैयाँ चुक्ता पूँजी भएको एनआइसीको गत आर्थिक वर्षमा १२ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६० रुपैयाँ ५० पैसा कायम गर्न सफल भएको छ , जुन गत आर्थिक वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो ।

क्यापिटलले लगानी व्यवस्था सेवा उत्कृष्ट तवरबाट निर्वाह गरेको बताएको छ । उसले लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरी आर्थिक वर्ष २०५०÷०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट २ अर्व ३४ करोड रुपैयाँ भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको बताइएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समय समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु संचालन गरिरहेको छ । उक्त सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ। लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी रहेको बताइएको छ ।

त्यस्तै क्यापिटलले सर्वसाधारणलाई सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न योजना सञ्चालन गरेको जनाएको छ । जसमा २०८१ को अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौंथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५ ५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको थियो । “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गरेको छ ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत असार मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य (एनएभी) ११ रुपैयाँ ४७ पैसा , “एन आई सी एशिया ब्यालेन्स फण्ड” को खुद सम्पत्ति मूल्य ( एनएभी ) ११ रुपैयाँ पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ( एनएभी ) ११ रुपैयाँ ९ पैसा , तेस्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० ( इन्डेक्स फण्ड) ” को खुद सम्पत्ति मूल्य (एनएभी ) ११ रुपैयाँ४६ पैसा, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड” को ११ रुपैयाँ ३४ पैसा र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड – २ को खुद सम्पत्ति मुल्य ( एनएभी) १० रुपैयाँ ७ पैसा कायम गर्न सफल भएको छ ।

त्यस्तै क्यापिटलले डिम्याट खातालाई सर्वसुलभ बनाएको छ । मेरो लगानी, मेरो भविष्य क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पुयाउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । जसले गर्दा डिम्याट प्रति आर्कषण बढ्दो रहेको क्यापिटलले जनाएको छ । क्यापिटलले २०८१ आषाढ मसान्तसम्म ७ लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” मात्र ९९९ रुपैयाँमा डिम्याट खाता नविकरण हुने तथा १,००० रुपैयाँमा भुक्तानी गर्दा मेरो शेयर खाताको लागि नविकरण हुने योजना संचालन गरिरहेको छ । साथै “एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा “९९९ वैदेशिक रोजगार डिम्याट योजना” लगायतका योजनाहरु संचालन गरिरहेको छ । हाल क्यापिटलले एन आई सी एशिया क्यापिटलले भिडियो केवाइसी मार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत संचानलनमा ल्याएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई १३ अर्व रुपैयाँ भन्दा बढी शेयर पूँजी संकलन गरिदिन सफल भएका छौं। आषाढ मसान्तसम्म ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ। साथै ४ वटा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ । नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “ एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत ‘सीस्टोमेटिक इन्भेष्टमेन्ट प्लान’ सीस्टोमेटिक वीथड्र प्लान’ योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार