CLI

प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी ५.७ प्रतिशतले बढ्ने

काठमाडौं ।  चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानीमा वृद्धि हुने भएको छ । प्रतिव्यक्ति आम्दानी स्थिर रहँदा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानीमा भने वृद्धि हुने बताइएको हो

आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति राष्ट्रिय आय र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय दुवैमा सामान्य वृद्धि भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५.७ प्रतिशतले वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो आय ६.३ प्रतिशतले वृद्धि भएको थियो। गत आर्थिक वर्ष १ हजार ५ सय ३५ अमेरिकी डलर रहेको प्रतिव्यक्ति राष्ट्रिय आय चालु आर्थिक वर्षमा पनि सोही बराबर रहने अनुमान छ। गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्चयोग्य आय १ हजार ९ सय ९४ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान छ।

आर्थिक क्रियाकलापमा आएको शिथिलता, न्यून आर्थिक वृद्धि लगायतका कारणले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर न्यून रहेको छ। गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु. २ लाख ६ हजार ६ सय २५ रहेकोमा चालु आर्थिक वर्षमा ५.५ प्रतिशतले वृद्धि भई रु. २ लाख १७ हजार ९ सय ४६ पुग्ने अनुमान छ। पछिल्लो दशकमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धि दर ८.८ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुने अनुमानको आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन घटेर १ हजार ५ सय १३ अमेरिकी डलर रहने अनुमान छ। गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १६ अमेरिकी डलर रहेको थियो।

Leave Your Comment

Related News