काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभा बैठकमा विपक्षीहरुले सभा चल्न नदिएसँगै सोमबारसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनि दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध गर्दै आएका छन् । सोही क्रममा विपक्षी दलका नेताहरुले मंगलबारको संसद बैठक सञ्चालन हुन नदिएका हुन् । उनीहरुले संसद बैठक सुरु हुनासाथ विरोध जनाएका थिए । विपक्षी दलले नेपालले भारतको सीमा मिचेको प्रमाणसहित प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।
अबको प्रतिनिध सभा बैठक सोमबार ११ बजे बस्नेगरी स्थगित भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा बैठक भने बुधबार १२ ः १५ मा बस्ने छ ।


