काठमाडौं । सामसङ नेपालले विश्वकपको अबसरमा आफ्ना टिभी लाइनअपमा अफर ल्याएको छ ।
यो अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५% सम्म क्यासब्याक उपलब्ध भएको कम्पनीले उल्लेख गरेको छ । यो अफरले विश्वकपको अवसरमा ग्राहकलाइ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका हुनेछ । ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल रु. ९,९९९ मा ४९,९९० मूल्यको Soundbar पनि प्राप्तय गर्नेछन् , यसले स्क्रिनमा कार्यसँग मेल खाने शक्तिशाली, इमर्सिभ अडियो थप्ने कम\पनीको दाबी रहेको छ ।
विश्वकप सिजनमा खेल मात्र होइन, थप मनोरञ्जन पनि सजिलै प्रदान गर्न भन्दै सामसङ ले नि:शुल्क World Cup Live Subscription सँगै १२ महिनासम्मको नि:शुल्क NETTV प्याकेज पनि दिइरहेको उल्लेख गरेको छ । यो QLED/UHD मोडेलमा १२ महिनासम्मको नि:शुल्क NETTV प्याकेज उपलब्ध रहेको छ भने FHD/HD मोडेलमा ६ महिनासम्मको नि:शुल्क NETTV प्याकेज उपलब्ध हुन्छ, जसले ग्राहकलाई कम झन्झटमा बढी मूल्यसहित लाइभ खेल र मनोरञ्जन प्राप्त गर्न मद्दत गर्नेछ ।
उपलब्ध टिभी अफरहरू:
साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित सामसङ इन्स्टा फाईनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा टिभी खरिद गर्न सक्नेछन् । नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू exchange गर्न सक्नेढन् ।


